आज मिति वि. सं. २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सुखदायी नै रहने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त होला । अनुकूलता वृद्धिले यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव हुनेछ भने आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुनेछ । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । आलोचनाको शिकार बन्नबाट जोगिन विशेष प्रयत्न गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । अरुको मनजित्न सजिलै सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग छ। सचेत रही व्यवहार गर्नुहोला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुनेछ समय छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सोचेका विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउला । रोकिएको काम बन्न सक्छ, उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ । प्रेमभाव उवम् दाम्पत्यसुख बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय शुभदायी छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नाले उत्साह वृद्धि होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । यात्रा घातक बन्नसक्ने देखिन्छ, आजको दिन यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आरोग्यता रहनेछ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । मातापिताको स्वास्थ्यमा केही कमजोरी आउनसक्छ । अनावश्यक ब्यस्तता र खर्च बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्ने सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने मित्रसुख प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकोले विशेष सावधानीको खाँचो छ । स्वास्थ्यमा केही कमजोरी र दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, ब्यवहारमा सरलता अपनाउनुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सुख विलासको माहोलमा दिन बित्ने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्