काठमाडौं – प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ।
लखनऊको इकाना स्टेडियममा आरसीबीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनायो । जवाफी पारीमा बेंगलुरुको टोली १९.५ ओभरमा १८९ रनमा अलआउट भयो। बेंगलुरुका लागि फिल सल्टले ६२ र विराट कोहलीले ४३ रन बनाए ।
एसआरएचका प्याट कमिन्सले ३ विकेट लिए भने हर्षल पटेल र ईशान मलिंगा दुवैले २–२ विकेट लिए । एसआरएचका तर्फबाट ईशान किशनले ४८ बलमा अविजित ९४ रनको विस्फोटक पारी खेले । उनले ७ चौका र ५ छक्का प्रहार गरे। किशनबाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासनले २४ रन बनाए । रोमारियो शेफर्डले २ विकेट लिए ।
प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौ स्थानमा रहेको छ । त्यस्तै यो हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ । बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ । आईपीएलमा आज प्लेअफबाट दौडबाट बाहिरिइसकेको दिल्ली क्यापिटल्स र पंजाव किङ्ग्स भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस्