आज मिति वि.सं २०८२ जेष्ठ १० गते शनिबार ई.सं २०२५ मे २४ नेपाल सम्बत ११४५ बछलागा द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, आयुष्मान योग, कौलव करण । आज बिहान ०५ बजेर १० मिनेटमा झुल्किएको घामसाँझ ०६ बजेर ५० मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन, संयमतापूर्ण व्यवहारले विरोधिजनका मुख बन्द गर्न सकिनेछ । आकस्मिक यात्राको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहला । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न रहला । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुनसक्ने योग छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धन आर्जनको योग भएपनि आजको दिन महत्वपूर्ण काममा अरुको भर नपर्नु उचित हुनेछ । अरुको मनजित्न सजिलै सकिनेछ । नियमित काममा भने खास जाँगर नरहन सक्छ । मनमा खराब बिचारहरुले डेरा जमाउने सम्भावना रहेकोले सकारात्मक चिन्तनमा मन लगाउने प्रयास गर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धिका साथै पारिवारिक सुख वृद्धि हुने समय छ । बोलीको कदर हुनेछ भने कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सकारात्मक कार्यको लागि वातावरण मिल्ने देखिन्छ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ ।साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद होला । व्यापारमा विशेष फाइदाको योग छ । इष्टमित्र, साथीसंगीका साथै प्रेमी-प्रेमिकाबीच मिलन हुने समय छ । सहयोग, मान, पुरस्कार र हौसला मिल्ने देखिन्छ । साहस वृद्धिका साथै बिग्रिएका कामहरु बन्नेछन् । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही प्रतिकल रहने देखिन्छ । बोली र व्यवहारको विपरीत अर्थ लाग्न सक्छ, अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु र अनावश्यक कुरामा प्रतिक्रिया नदिनु हितकर हुनेछ । व्यापार-व्यवसायमा हानी व्यहोर्नुपर्ने योग भएकोले नयाँ लगानी नगर्नु उचित हुनेछ । नोकरीमा रहेका व्यक्तिले अपजस व्यहोर्नुपर्ला । आजको दिन यात्रा घातक बन्न सक्छ, अनावश्यक यात्रा थाती राख्नु हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेपनि सामाजिक प्रष्ठिा मिल्ने देखिन्छ । प्रेमभाव वृद्धि होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन पारिवारिक समस्याले मन खिन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ भने मातापिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ । उपलब्धि नमिल्ने कार्यका लागि व्यस्तता बढ्न सक्छ । यात्रागत कार्यमा भने आंशिक सफलता मिल्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नसोचेका कामहरु बन्नसक्ने समय छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनुका साथै विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जनको मौका जुर्ने तथा कर्मप्राप्तिको योग छ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ । आफन्तजन सहयोगी बन्लान् । रोकिएको काम अघि बढ्नेछ भने पराक्रम वृद्धि होला । स्वास्थ्य सबल रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनुका साथै नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । व्यवसायबाट राम्रै फाइदा उठ्ने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । बोली र व्यक्तित्वको प्रभाव रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । महत्वपूर्ण योजनामा बाधाअडचन आउने योग भएकोले होसियारी अपनाउनुहोला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनुबाट जोगिन विशेष सजगता अपनाउनु उचित हुनेछ । वादविवादमा फस्ने योग भएपनि बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्य पनि सार्थक रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आम्दानी वृद्धि होला । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनाले काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल हुनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुका लागि समय उत्साहप्रद देखिन्छ । कर्मबल वृद्धि होला । लगानी उठ्नुका साथै आय वृद्धि हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्