पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: उपसमितिको प्रतिवेदन अख्तियार पठाउने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa
सार्वजनिक लेखा समितिको बैठक काठमाडौँ, २१ वैशाखः आइतबार सिंहदरबारमा बसेको संघीय संसद, सार्वजनिक लेखा समितिको ४०औँ बैठकमा सालेसको २३औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धको विषय छलफलमा उपस्थित सांसदहरू । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकले थप अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उक्त प्रतिवेदन आयोगमा पठाउने निर्णय भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । करिब २२ अर्बको लगानीमा निर्माण भएको एयरपोर्टमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्