जेठ ०७ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८२, बुधबार
7 Min Read
Aa

आज मिति वि.सं २०८२ जेष्ठ ०७ गते बुधबार ई.सं २०२५ मे २१ नेपाल सम्बत ११४५ बछलागा अष्‍टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा कुम्‍भ राशिमा, शतभिषा नक्षत्र, वैधुति योग, कौलव करण । आज बिहान ०५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका लागि महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । कल्पना नगरिएको कुरामा यदि आकस्मिक अवसर आउँछ भने त्यसमा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला । अन्य दृष्टिले समय राम्रै छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । आयआर्जन राम्रै हुनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ध्यान पुऱ्याउनु हितकर होला । मनोरञ्जनात्मक यात्रा पनि हुन सक्छ । रसरागमा आकर्षण रहनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने समय छ । कृषि-चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन गर्ने मौका मिल्ने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ भने ब्यापार-ब्याबसायमा राम्रै होला । साझेदारीको काम बन्नेछ । आँट-पराक्रम बढ्नेछन् । तर, पढाइलेखाइमा भने समय दिन नसकिएला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन स्वास्थ्यगत कमजोरीले कार्यसम्पादनमा असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा विवाद या झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सावधान रहनुहोला । रुपैयापैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुने समय छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्ति हुने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । काम बिग्रने डरले सताइरहला । अरुलाई बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ध्यान राख्नुहोस् । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्नसक्छ । विशेषरूपले व्यापार-ब्यवसायमा रहनेलाई भने राम्रै फाइदा हुने योग छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हातपर्ला । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन होला । तीर्थाटनको अवसर प्राप्त हुने योग छ । परिणामदायी कर्ममा व्यस्तता वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पराक्रम वृद्धिका साथै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानीको तुलनामा परिणाम हासिल नहुने तथा मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । भौतिक साधनको खराबीले लक्ष्य प्राप्तिमा फरकपर्ने सम्भावना छ । स्वास्थ्य कमजोर रहने देखिन्छ, ध्यान राख्नुहोला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । शत्रुपक्ष कमजोर रहलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन-पाठनमा प्रगति होला । तथापि, काम बिग्रने डरले यत्तिकै सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्ने सम्भावना छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट काम बनाउन सकिने योग छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा ज्यादा चासो लिँदा विवादमा परिने योग छ, सजग रही व्यवहार गर्नुहोला । असावधानीले धन खर्च हुन सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन चुनौतीयुक्त छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यगत कमजोरीले पनि खिन्नता बढाउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले अत्यन्त सजगताको दरकार छ । हाकिम तहबाट कडिकडाउको सिकार भइएला । तथापि, सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्