हैदरावादसँगको हारसँगै लखनउ आईपीएलको प्लेअफको दौडबाट आउट: चेन्नई र राजस्थान भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स पहिलो चरणबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ।

२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो। सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन जोडे। निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गरे।

आईपीएलमा कलकता नाइट राइडर्स, लखनउ, हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स पहिलो चरणबाट बाहिरिएका छन्। गुजरात टाइटान, रोयल च्यालेन्जर बैंगलुरु पन्जाब किंग्सले प्ले अफमा प्रवेश गरिसकेका छन्। अझैसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन्। आईपीएलमा आज प्लेअफ़ दौडबाट बाहिरिसकेका चेन्नई र राजस्थान बीच भिडन्त हुँदै छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्