बर्षाले खेल रद्ध हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो, बैंगलुरु शिर्ष स्थानमा, आईपीएलमा आज दुई खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – भारत र पाकिस्तानबीच तनाव भएपछि स्थगित भएर पुनः सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेल वर्षाका कारण रद्द भएको छ । यसअघि भारत र पाकिस्तानबीच हवाई हमलाका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिता एक हप्ता स्थगित गर्ने निर्णय गरेको थियो ।

शनिबार बैंगलुरुमा हुने तालिका रहेको घरेलु टिम रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण टस समेत नभई रद्द भएको हो । यो नतिजासँगै साविक विजेता समेत रहेको कोलकाता प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बनेको छ ।

- Advertisement -
Ad imageAd image

कोलकाता १३ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । यता, तालिकाको शीर्ष स्थानमा आसिन बैंगलुरु भने तालिकाको शीर्ष स्थानमा कायमै छ । बैंगलुरुले १२ खेलबाट १७ अंक जोडेको छ । आईपीएलमा आज राजस्थान रोयल्स र पंजाव किंग्स तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच प्रतिस्पर्धा हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्