भारत र पाकिस्तानबीच आज वार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण पछि चुलिएको भारत र पाकिस्तानबीचको युद्ध पछि भएको संघर्षविराम पश्चात् सोमबार महत्त्वपूर्ण वार्ता हुँदैछ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए ।

आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार सोमबार वार्ता हुन लागेको हो । भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सोममबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने छ।

- Advertisement -
Ad imageAd image

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । यो पटक दोहोरो गोलाबारीमा उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गरेका थिए ।

सार्कको अध्यक्ष राष्ट्र नेपालले विवादका विषयमा वार्ता गरेरअघि बढ्न दुई देशलाई अपिल गरेको थियो भने अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्धविरामका लागि पहल चालेको थियो ।

अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुंगिए आफु मध्यस्थता गर्न तयार रहेको भारत–पाकिस्तानसमक्ष प्रस्ताव राखेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्