बैशाख २९ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ बैशाख २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज बिहान ५ बजेर १६ मिनेटमा झुल्किएको घाम, साँझ ०६ बजेर ४३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना घरायसी काममा समय खर्च हुने देखिन्छ । अनावश्यक रुपमा कसैसँग विवाद वा झैझगडा समेत हुनसक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । आजको दिन यात्रामा पनि विशेष सावधान रहनु हितकर होला । लेनदेनको समस्याले सताउने र ब्यापारमा घाटा ब्यहोर्नुपर्ने योग छ । समस्यामा मित्रजन भने सहयोगी बनेर देखापर्लान् । इष्टदेवको आराधना गर्नुहोला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रहरूले प्रशंसा गर्नेछन् । पढाइलेखाइमा सुधार आउनुका साथै नसोचेको सम्मान मिल्नसक्ने योग छ । इर्ष्या गर्ने वा विरोधिहरूले प्रशंसा गर्न थाल्नेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । परिवारिक सुखले उत्साह बढाउनेछ । आजको दिन लेनदेनको व्यवहार भने नगर्नु हितकर हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने समय छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । हौसला तथा पराक्रम बढ्नुको साथै त्यसै त्यसै मन हर्षित भएर आउनेछ । धनलाभको योग छ । व्यस्तता बढेपनि लाभ नै मिल्नेछ भने यात्रागत कार्य सफल र सार्थक रहनेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्धमा प्रगाढता तथा दाम्पत्यसुखको योग छ । रसरागमा आकर्षण बढ्नेछ । स्वास्थ्यस्थितिमा पनि सुधार आउला । आयआर्जनको नयाँ स्रोत फेलापर्ने सम्भावना छ । सामान्यतया लाभ हुने नै दिन छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समष्टिगत रूपमा समय राम्रो भएपनि आज खर्च र विवाद बढ्न सक्छ, सजग रही व्यवहार गर्नु उचित होला । आजको दिन सवारी साधनको प्रयोग, हातहतियारको उपयोग जस्ता कार्यमा विशेष सजगता अपनाउनुपर्नेछ । निको भएको रोगले पुनः सताउन सक्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्ला । खासगरी कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । विभिन्न अवसरले पछ्याउने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । वित्तादी लाभको योग छ । प्रेमसम्बन्ध बलियो रहनेछ । अरुको विश्वास वृद्धि हुनाले उचित सहयोग मिल्नेछ । आरोग्यता वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभदायी छ । अरुको विश्वास सजिलै जित्न सकिनेछ भने व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । धन, मान पाउने योग छ, गरेका हरेक कामबाट फाइदा नै हुने देखिन्छ । अनौठो समाचार सुनिने र नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): फुर्सदिलो अनुभूति हुने समय छ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । अनुकूल यात्राको सम्भावना छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रागत कार्यमा विशेष लाभ हुनसक्छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकटको सम्भावना छ भने लेनदेनमा विवाद आउनसक्ने हुँदा आर्थिक कारोबार नगर्नु उचित हुनेछ । घरायसी समस्या आउन सक्छ, सजगता अपनाउनुहोला । पढाइलेखाइमा खास ध्यान नजाने देखिन्छ । चुनौतीका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । नयाँ योजना र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । अरुको काम धेरै गर्नुपर्ला तर कामले मन जित्न सकिनेछ । नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ । जागीरबाट सन्तुष्टि मिल्ने देखिन्छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय अनुकुल रहला । सोचविचारकोे शक्ति बढ्ने छ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने समय छ । आर्थिक लेनदेनका लागि समय अनुकुल छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने योग छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्यवृद्धिको समय छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक आर्जन हुनसक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । मनोरञ्जनमा भुलिएला । व्यापारबाट रार्मै लाभ मिल्नेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् चर आफन्तजनको सहयोग पाउन मुस्किल पर्ला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्