भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ।

भारतीय संचारमाध्यम आजतकका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार यसबारेमा निर्णय लिने सक्ने बताइएकाे छ। बिहिबार(आज) पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र पंजाबबीचको खेल रद्द गरिएको थियो। धमंशाला मैदानमा भएको खले पहिलो पारीको १०.१ ओभर हुँदा मैदानका सबै फ्लड लाडट निभाइएको थियो।

- Advertisement -
Ad imageAd image

पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका फ्लडलाइट निभेका थिए।

त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। बीसीसीआईले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।

योसँगै जारी सिजनको आईपीएलको भविष्य के हुन्छ भन्ने अन्योलता छाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्