आज मिति वि.सं २०८२ बैशाख २६ गते शुक्रबार ई.सं २०२५ मे ९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, कौलव करण । आज बिहान ५ बजेर २१ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४१ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । मित्रजनको सहयोग प्राप्त होला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीजनका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिनेहरू देखापर्न सक्छन् । फजुल खर्च बढ्ने योग छ । बौद्धिक र रचनात्मक काम सफल हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य केही प्रतिकुल रहनसक्छ, तथापि हिम्मतले काम लिन सकिनेछ । भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । पारिवारिक सुखशांति रहनेछ । मिठो भोजन प्राप्त हेला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्ने समय छ । तथापि, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । महत्वपूर्ण योजना अधुरै रहेपनि आंशिक फाइदा मिल्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हातपर्न सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले खर्च बढ्ने योग छ । आरोग्यता रहनेछ । कर्मबल वृद्धि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुने योग छ । रसरागको भाव वृद्धि होला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । परिवारजनको साथले उत्साह जागृत होला । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । सफलताका लागि आफ्ना योजनाहरू गोप्य राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ, तर अरूका काममा समय खर्चनुपर्ने योग छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग भएकोले विशेष सजगताको दरकार छ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य वृद्धि र रोकिएको काम बन्ने समय भएपनि शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अप्ठ्यारोमा परिएला । अरूको भरपर्दा धोका मिल्नसक्छ । निकै मेहनतले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई उपेक्षा नगर्नु हितकर होला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्नमा उत्साह थपिएला । खर्च लागे पनि मनोरञ्जनात्मक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ, ध्यान राख्नुहोल । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गरिएका कामको राम्रै मूल्यांकन हुने तथा मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । साझेदारीमा पनि फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । रमाइलो यात्राको अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित कामको अवसर दिलाउनेछ देखिन्छ । व्यस्तता बढ्नाले फाल्तु कार्यमा मन जानेछैन । यात्रागत कार्य सार्थक बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ, तर आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नु उचित होला । छरछिमेकमा असमझदारी बढ्ने र त्यसले विवाद निम्त्याउनसक्ने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । अर्थअभाव खट्किनाले बनिसकेको काम बिग्रनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने दिन छ । तर, फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्