बैशाख २५ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८२, बिहीबार
7 Min Read
Aa

आज मिति वि. सं २०८२ बैशाख २५ गते बिहीबार ई. सं २०२५ मे ८ नेपाल सम्बत ११४५ बछलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, हर्षण योग, विष्टि÷भद्रा करण । आज बिहान ५ बजेर २१ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४१ मिनेटमा अस्तनाउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता वृद्धि भइ आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । रचनात्मक कार्य प्रारम्भ हुने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा फाइदै हुनेछ । कुनैपनि समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुने योग छ । समग्रमा दिन रमाइलो नै छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बौद्धिक कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्ने समय छ । शुभ समाचार प्राप्त होला । मेहनतले धेरैको मन लोभ्याउने खालकोउपलब्धि आर्जन हुने देखिन्छ । केही खर्च लागे पनि दिगो फाइदाको परिणति हासिल हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय केही चुनौतीयुक्त रहला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । उपचारमा खर्च हुनसक्ने योग छ, ध्यान राख्नुहोला । मुख्य काममा बाधा हुँदा मन खिन्न रहनसक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । अथक प्रयत्नले शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विगतको सफलताले थप काम गर्न हौसला मिल्ने तथा नयाँ कामको प्रस्ताव आउने समय छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । तपाईंको व्यवहारको धेरैले तारिफ गर्नेछन् । आयआर्जन राम्रै हुने तथा विभिन्न सहयोग र उपहार पाइने योग छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ, मान–सम्मान बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने दिन छ । कार्यगति बढ्नेछ भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप कम भएको महसूस हुनसक्छ । आयबल वृद्धि हुनुका साथै यात्रागत कार्य सार्थक बन्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने समय छ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । धन आर्जनको योग छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न केही कठिनाइ पर्नसक्छ । चुनौतीका बाबजुद कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनसक्ने समय छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । व्यावसायिक काममा खर्च बढ्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले राम्रै साथ दिनेछन् । व्यवसायिक कार्यमा फाइदा हुने र विगतको श्रमबाट पनि राम्रै धनलाभ हुने योग छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्ला । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आम्दानीका नयाँ स्रोत फेलापर्ने तथा गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । ।सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । विशेष योजनामा अघि बढ्दै हुनुहुन्छ भने नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सुख र दुःख दुवैले पछ्याउने दिन रहेको छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठन कार्यमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सजग रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु हितकर हुनेछ । यात्रागत कार्य आजको लागि थाती राख्नु उचित हुनेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्