धितोपत्र बोर्डमा कमिसनको धन्दापछि अख्तियारको छापा: ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि ५–७% कमिसन मागेको आरोपबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आकस्मिक अनुगमन (छापा) हानेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अन्तर्गतका जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेको थियो । अख्तियारले आईपीओसँग सम्बन्धित ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ ।

- Advertisement -
Ad imageAd image

बुधबार दिउँसो बोर्डको कार्यालय पुगेर अख्तियारका प्रतिनिधिलेसम्पूर्ण फाइल कब्जामा लिएर लगेका छन् । अध्यक्ष श्रेष्ठले कमिसन दिने कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिने तर कमिसन नदिनेको फाइल महिनौंसम्म अड्काएर राख्ने गरेको आरोप लागेको छ ।

जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आईतबार अख्तियारमा उजुरी गरेका थिए । मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्