बार्सिलोनालाई पराजित गर्दै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौँ – बार्सिलोनामाथि नाटकीय जित हात पार्दै इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–३ ले पराजित गर्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो।

सन् १९६४ र १९६५ मा युरोपिय कप जितेको इन्टरले सन् २०१० मा च्यामिपयन्स लिग जितेको थियो। त्यसयता इटालियन टोलीले कुनै प्रतियोगिता जित्न सकेको छैन। इन्टर मिलानले समग्रमा ७–६ को नतिजा हात पार्यो। सेमिफाइनलको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो।

- Advertisement -
Ad imageAd image

निर्धारित ९० मिनेटमा ३–३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९९ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेभिड फ्रातेसीको गोलमा इन्टर फाइनलमा पुगेको हो।

पहिलो हाफको २१ औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो। डेन्जल डम्फ्रिजको पासमा मार्टिनेजले बललाई सहज रुपमा पोष्टको जाली चुमाएका थिए। खेलको ४५ औँ मिनेटमा हाकान चाल्हानोग्लुको गोलले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

खेलको पहिलो हाफमा बार्सिलोना २–० ले पछि पर्यो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सा अतिरिक्त समयमा सम्हालिन नसक्दा उपाधि नजिक पुग्ने सुन्दर मौका गुमाउन पुरग्यो।

खेलको ५४ औँ मिनेटमा एरिक गार्सियाको गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो। उनले जेरार्ड मार्टिनेजको क्रसमा गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याएका थिए। खेलको ६० औँ मिनेटमा डानी ओल्मोको गोलमा बार्सिलोना बराबरीमा आएको थियो।

८७ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए। राफिन्हाको पहिलो प्रहार गोलरक्षकले बचाएपनि त्यसकै रिवाउण्डमा उनले गोल गर्न सफल भएका थिए।

तर खेलको इन्ज्युरी समयमा फ्रान्सेरको अचेर्बीको गोलमा इन्टर बराबरीमा आएको थियो। त्यसपछि पनि बार्सिलोनाले थुप्रै अवसर सृजना गरेपनि गोल गर्न भने विफल रहे।

यो बराबरी च्याम्पियन्स लिग इतिहासमा धेरै स्कोर गर्ने सेमिफाइनल बन्न पुग्यो। सन् २०१७–१८ मा लिभरपुलले रोमालाई ७–६ ले पराजित गर्दा १३ गोल भएको थियो।

खेलको ९९ औँ मिनेटमा फ्रातेसीको गोलमा इन्टर उपाधि नजिक पुगेको हो। लिगको दोस्रो सेमिफाइनलमा बुधबार आर्सनल र पेरिस सेन्ट जर्केन भिड्नेछन्। पहिलो लेगमा पिएसजीले आर्सनललाई १–० ले हराएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्