पानी परेपछि दिल्लीसँग अंक बाँड्दै हैदरावाद प्ले अफ दौडबाट बाहिरियो: आज मुम्बई र गुजरातको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं – दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो। हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ।

हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो। १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्न नै पाएन। कमिन्सले कुल चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। जयदेव उनादकदले पनि त्यत्तिकै उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।

- Advertisement -
Ad imageAd image

दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुल १० रन जोडे। अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्क समेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो। ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन प्रहार गरे। स्टब्सले ३६ बलमा चार चौकाको मद्दतमा नटआउट ४१ रन बनाएका हुन्। यी दुई जनाले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।

हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्ने छ। सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्क सहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा छ।

आईपीएलमा आज प्ले अफ दौडमा रहेका मुम्बई इण्डियन्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदै छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्