‘रात रह्यो अग्राख पलायो’: जनमत–नाउपा एकता अनिश्चित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – गत वैशाख १७ गते रेशम चौधरी पक्राउ नपरेको हुन्थ्यो भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भइसकेको हुन्थ्यो। तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका चौधरी एक्कासि एकता घोषणा स्थल (नेपाल प्रज्ञा प्रतिष्ठान)बाटै पक्राउ परे। यसपछि एकता घोषणा कार्यक्रम स्थगन गर्नुपर्‍यो।

चौधरी त्यही दिन पाँच घण्टापछि छुटिसकेका छन्। उनी पक्राउ पर्नको कारण के थियो ? यसबारे सबैलाई अवगत भइसकेको अवस्था छ। उनले यसबारे पुस्तक नै लेख्ने तयारी पनि थालेका छन्। जे होस्, दुई पार्टीबीचको एकता भने अनिश्चित बन्यो।

- Advertisement -
Ad image

घटना घटित भएको पाँच दिन बितिसकेको छ। तर, दुई पार्टीबीचको एकता भने अझै निश्चित बनेको छैन। कहिले हुन्छ एकता घोषणा ? दुबैतिरका नेताहरूसँग ठोस जवाफ छैन। यही प्रश्न नागरिकले जनमतका प्रवक्ता डा. शरदसिंह यादव र नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितलाई सोध्यो। जवाफ खास फरक आएन। उनीहरूले भने- अहिल्यै निश्चित भइसकेको छैन।

यादव र पण्डितले सकभर चाँडो गर्न प्रयास गर्नेसम्म मात्रै भन्न सके। तर, दिन तोक्न भने सकेनन्। उनीहरूले ‘वैशाख महिनाभित्रै’ भनेका छन्। जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।

उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ। चौधरी ‘प्याकेज’मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम,नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन्। यसमा उनीहरूबीच सहमति भइसकेको छैन।

यसअघि गत मङ्गलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो। तर, यस विषयमा कुरा मिलेको थिएन। चौधरीले ‘उधारो एकता गरिन्न’ भनेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्