बैशाख २२ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख २२ गते सोमबार ई.सं २०२५ मे ५ नेपाल सम्बत ११४५ बछलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वृद्धि योग, बालव करण । आज बिहान ५ बजेर २४ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ३९ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामका बाधाहरू हट्ने र नसोचेको ठाउँबाट धन प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । विलासितामा खर्च हुनेछ । मुख्य काममा बाधा हुने सम्भावना छ, सजग रहनुहोला । स्वास्थ्य कमजोर रहन सक्छ । बौद्धिकतामा कमी आउनेछैन, मित्रजनको साथ मिल्नेछ । यात्रापरक काम भने बन्नेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने योग भएपनि निकट सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम सुरु गर्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिस्पर्धाले आम्दानीको बाटो खुलाउला भने साझेदारीमा राम्रै फाइदा हुने देखिन्छ । काम र पदको आशा देखाउनेहरूले फसाउनसक्ने सम्भावनाप्रति सजग रहनु उचित होला । कर्मबल बढ्नेछ, जसबाट आयआर्जनका स्रोत वृद्धि होला । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ, सचेत रहनुहोला । पारिवारिक सुखको अवस्था रहनेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्या देखापर्नसक्छ, सजगता अपनाउनुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ब्यस्तता वृद्धिका साथै दिगो फाइदा हुने काम शुभारम्भको अवसर जुट्ने समय छ । तथापि, सहयोगीहरूले खासै साथ नदिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । यश–वर्चश्व बढ्नेछ । विपरीतलिङ्गीको माध्यमबाट काम बन्ने योग छ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनुपर्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनुका साथै प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । दामपत्यसुख बढ्नेछ । खर्च नियन्त्रणको प्रयत्न गर्नु उचित हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): शुभदायी समय छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् तर पनि वित्तादि लाभ हुने देखिन्छ । हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले पुनःप्राप्ति हुने योग छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला तर बौद्धिकता एवम् रचनात्मकता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि अवसरवादीेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसका कारण नियमित कार्यमा सुस्तता आउनसक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ । छरछिमेकमा विवादको सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता वृद्धि हुनेछ र काम बिग्रने डरले सताउने देखिन्छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्तीको सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्नसक्छ । व्यापार–व्यवसायबाट लाभ मिल्ने योग छ । मानसम्मानमा ठेस पुग्ने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धिक साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन–अध्यापनमा प्रगति होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार हातपर्ला । सजिलै काम बन्नाले उत्साह जागृत हुनेछ । आरोग्यता रहनेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।

 

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्