काठमाडौं – कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।
कोलकोताले दिएको २०७ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो । राजस्थानका लागि कप्तान रियान परागले सर्बाधिक ९५ रन बनाएका थिए । त्यस्तै यशस्वी जैसवालले ३४, शिमरन हिटमेयरले २९, शुभम दुबेले अविजित २४ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । कोलकोताका लागि आन्द्रे रसेलले ५७ रन बनाएका थिए भने अंगक्रिश रघुबंशीले ४४, रह्मनुल्लाह गुरबाजले ३५, कप्तान आजिख्य रहानेले ३० र रिंकु सिंहले अविजित १९ रन बनाएका थिए ।
यो जितपछि कोलकोताको ११ खेलमा ११ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानले भने नवौं हार बेहोरेको छ । राजस्थानको १२ खेलमा ६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्