चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै बैंगलुरु शीर्ष स्थानमा उक्लियो, आज दुई खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – रोयल च्यालेन्जर बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किंग्सलाई दुई रनले हराउँदै बैंगलुरु १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो।

शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो। चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्र सिंह धोनीको विकेट लिएका थिए।

- Advertisement -
Ad imageAd image

तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए। उनले छक्का प्रहार गरेको बल नोबल थियो। अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो। त्यस पछिको तीन बलमा पनि दयालले तीन रन मात्र खर्चिए। सनसनीपूर्ण अन्तिम ओभरमा चेन्नई चुक्दा बैंगलुरुले दुई रनको जित निकालेको हो।

चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे। ४८ बलको सामना गरेका उनले ९ चौका र पाँ छक्का प्रहार गरे। रविन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे। बैंगलुरुका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो। बैंगलुरुका ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे। सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे। उनले ६ छक्का र ४ चौका हिर्काएका थिए। उनले खालेल अहमदको एकै ओभरमा ३३ रन प्रहार गरेका थिए। बैंगलुरुले अन्तिम दुई ओभरमा ५१ रन जोडेको हो।

बैंगलुरुका लागि बेथेल र कोहलीले पावर प्लेमा कुनै विकेट नगुमाई ७१ रन जोडेका थिए। कोहलीले ६२ तथा बेथेलले ५५ रन जोडे। चेन्नाइका माथेस पाथिरनाले तीन विकेट लिए। तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा छ। चेन्नई भने चार अङ्कसहित पुछारमा छ।

आईपीएलमा आज दुई खेल हुँदै छन् आज हुने पहिलो खेलमा कोलाकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दा आजै हुने दोस्रो खेलमा पंजाव किंग्स र लखनउ सुपर जाइन्ट्स आमनेसामने हुँदै छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्