मुम्बई शीर्षस्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट आउट: आईपीएलमा आज गुजरात र हैदरावाद भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार छैटौंसहित सातौं जित निकाल्दै प्लेअफ सम्भावना अझ बलियो बनाएको छ । बिहीबार राजस्थान रोयल्सलाई हराउँदै मुम्बई शीर्षस्थानमा उक्लँदा राजस्थान भने तीन खेलअगावै प्लेअफ होडबाट बाहिरिएको छ । मुम्बईले राजस्थानलाई १०० रनले हराएको हो ।

मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ११७ रनमा अलआउट भयो । जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रियान परागले १६ रन बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ विकेट लिँदा जसप्रित बुमराहले २ तथा दीपक चहर र हार्दिक पान्ड्याले १-१ विकेट लिए ।

- Advertisement -
Ad imageAd image

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा २ विकेट मात्र गुमाएर २१७ रनको योगफल खडा गरेको थियो । ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टनले अर्धशतक बनाएका थिए । रोहितले ५३ तथा रिकेल्टनले ६१ रन बनाए । पहिलो विकेटका लागि यी दुई मिलेर ११६ रनको साझेदारी गरेका थिए । दुई ब्याटर आउट भएपछि कप्तान हार्दिक र सुर्यकुमार यादव मिलेर ९४ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याएका थिए ।

हार्दिक र सुर्यकुमार दुवै समान ४८ रनमा अविजित रहे । राजस्थानका लागि महीश थिक्साना र रियान परागले १-१ विकेट लिए । यस जितसँगै शीर्षस्थानमा उक्लिएको मुम्बईको ११ खेलमा १४ अंक छ । राजस्थानको ११ खेलमा ६ अंक मात्र छ । राजस्थान प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम हो । बुधबार चेन्नई प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको थियो ।

आईपीएल आज गुजरात टाइट्न्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्