बैशाख १९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८२, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख १९ गते शुक्रबार ई.सं २०२५ मे २ नेपाल सम्बत ११४५ बछलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पञ्चमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, सुकर्म योग, कौलव करण । आज बिहान ५ बजेर २६ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ३७ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ-समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचार प्राप्तिले उत्साह जगाउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव जागृत होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्तिको योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउला, सजगता अपनाउनु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगीको साथ–सहयोग रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शुभदायी समय छ । आम्दानीका बाटाहरु खुल्ने देखिन्छ, ब्यापार-ब्यवसायमा राम्रै होला । नचिताएको ठाउँबाट आम्दानी हुने योग छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आरोग्यबल बढ्नेछ । यशवर्चश्व कायम रहला स्वास्थ्य सबल रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता र साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन खासै उत्साहवर्द्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसंग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । चोटपटकको भय पनि छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा रुचि जार्गत होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि हुनेछ । आज तपाइले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ । परोपकारमा मना जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिवारमा सामान्य विवाद हुन सक्छ तर नसोचेको ठाउबाट आकस्मिक लाभ हुने समय छ । आयआर्जनको यो छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मान महत्व वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्