आज मिति वि.सं २०८२ बैशाख १६ गते मंगलबार ई.सं २०२५ अप्रिल २९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वितीया, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सौभाग्य योग, बालव करण । आज बिहान ५ बजेर २६ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ३६ मिनेटमा अस्ताउने छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्ने योग भएकोले आजको दिनको पूर्वाद्र्ध रमाइलो हुने देखिन्छ । रोकिएका काम दोहोऱ्याएर गर्ने प्रयत्न गरेमा सफलता मिल्ने समय छ । धनलाभ होला । परिवारजनसँगको सम्पर्क र अनुकूलता वृद्धिले मनमा आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु उचित होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिने योग छ । प्रगतिको दर बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नुका साथै परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तथापि सामान्य आम्दानी जारी रहनुका बाबजुद अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु हितकर होला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ, ध्यान दिनुहोस् । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अप्ठ्यारा कामको बोझ थपिन सक्ने दिन छ । काममा दैडधुप र जोखिम बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । प्रतिकुलताका बाबजुद खेल, मनोरञ्जन तथा रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभदायी समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागात्मक क्रियाकलापमा संलग्न होइएला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले धेरै काम बनाउन सकिने दिन छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ भने बोलीको प्रभावले फाइदा दिलाउनेछ । धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही चुनौतीयुक्त समय छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । नातेदारहरुसंग विवाद र झैझगडा पर्न सक्ने येग भएकोले बोली र व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । बौद्धिक कार्यमा पछि परिने योग भएकाले सावधान रहनुहोला । आर्थिक समस्या पनि पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । पराक्रमका साथै व्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यस्तता बढेपनि परिश्रमअनुसार लाभ प्राप्त हुने योग छ । तथापि, आजको दिन आफन्तको ज्यादा विश्वासमा पर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । रसरागात्मक भाव वृद्धि हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम प्रारम्भ हुने समय छ, विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने योग छ । पराक्रम बढ्नेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने देखिन्छ । व्यापारमा मनग्य लाभ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सबल स्वास्थ्यका लागि विशेष ख्याल राख्नुपर्ने देखिन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्ला । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु हितकर होला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्