लिभरपुलले जित्यो यस सिजनको प्रिमियर लिगको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – लिभरपुलले २० औँ पटक इङ्ग्लिस प्रिमियर सिपको उपाधि उचाल्दै कीर्तिमान बनाएको छ। लिभरपुलले म्यानचेस्टर युनाइटेडसँगै २० औँ प्रिमियर लिगको उपाधि जितेर कीर्तिमान बराबरी गरेको हो।  म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२-१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन।

आईतबार भएको खेलमा टोटनहाम हस्टस्पर्सलाई ५–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो। उपाधिका लागि एक अङ्क पर्याप्त हुने लिभरपुल सुरुवातमै डोमिनिक सोलान्केको गोलका कारण पछि परेको थियो। त्यसपछि लिभरपुलले पहिलो हाफमा नै तीन गोल गरेको थियो।

- Advertisement -
Ad imageAd image

खेलको १६ औँ मिनेटमा लुइज डियाजले लिभरपुलका लागि पहिलो गोल गरे भने त्यसको आठ मिनेटपछि एलिक्सस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाए। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरे। ६३ औँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे। टोटनहामका डेस्टिनी टोटोगोइले आत्मघाती गोल गरे।

लिभरपुलले सन् १९९० यता पहिलो पटक आफ्नै दर्शकका सामु उपाधिको सफलता पाएको हो। अन्तिम पटक लिभरपुलले सन् २०२० को कोभिड महामारीको समयमा दर्शक उपस्थित नगराइ खेलाइएको रङ्गशालामा उपाधि जितेको थियो।

लिभरपुलले जितेका २० मध्यका १८ उपाधि सन् १९९२ भन्दा अघिका थिए। यसअघि सन् १९७० देखि ८० को दशकमा सनसनी फैलाएको लिभरपुलले सन् १९९३ देखि १९९० को बीचमा ११ पटक उपाधि जितेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्