रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – एल क्लासिको भिडन्तमा रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ। शनिबार राति सेभिल्लामा भएको कोपा डेल रे को फाइनलमा बार्सिलोनाले रियललाई ३–२ ले हराउँदै उपाधि जितेको हो।

बार्सिलोनाको जितमा जुल्स काउन्डेले नायक बने। रोमाञ्चक खेलको अतिरिक्त समयमा काउन्डेलेको गोलमा बार्सिलोनाले उपाधि जित्न सफल भएको हो।

- Advertisement -
Ad imageAd image

त्यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट समान २ गोल भएको थियो। खेलको पहिलो हाफमा बार्सिलोनाले रियलमाथि दबाब बनाएको थियो। यद्यपी वैकल्पिक खेलाडीको रुपमा केलियन एमबाप्पे मैदान छिरेपछि रियलले खेलमा उत्कृष्ट सुधार गरेको थियो।

पहिलो हाफको २० औँ मिनेटमा पेड्रीले सुरुवाती अग्रता बनाएको थियो। दोस्रो हाफको ६९ मिनेटसम्म अग्रता जोगाएको बार्सिलोनाले ७० औँ मिनेटमा गोल खान पुग्यो।

खेलको ७० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो। दबाबपुर्ण दोस्रो हाफमा रियलले बार्साविरुद्ध अग्रता कायम गर्न सफल भयो।

खेलको ७७ औँ मिनेटमा अर्डा गुलरको कर्नरमा अरेलियन चौमेनीले हेडर गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। तर खेलको ८४ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए। बार्सिलोनाको दुई गोलमा लामिन यामल नायक बने।

निर्धारित समयमा दुवैतर्फबाट २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १ सय १६ औँ मिनेटमा कुन्डेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउन सफल भए।

त्यसपछि दबाबमा आएको रियलका दुई खेलाडीले सिधै रातो कार्ड पाए। खेलको अन्त्यमा रेफ्रिले एन्टोनियो रुडिगर र लुकास भाज्केजलाई रातो कार्ड देखाए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्