बैशाख १३ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८२, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख १३ गते शनिबार ई.सं २०२५ अप्रिल २६ नेपाल सम्बत ११४५ चिल्लागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वैधृति योग, वणिज करण । बिहान ५ बजेर ३१ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ३४ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । घरपरिवारबाट सुखशान्ति पाइनेछ । आर्थिक काम बन्नेछ भने उन्नतिको योग हुनेछ । नयाँ आयस्रोत प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भएको महसूस होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नसोचेको विषयमा धन खर्च हुनसक्ने समय रहेकोले आर्थिक व्यवहारमा विशेष सजगता अपनाउनुपर्ने दिन छ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । तथापि, प्रगतिको क्रम कायम रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याबाट पनि मुक्ति मिल्ला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भाग्यबल बढ्नेछ । आजको दिन आफन्त तथा प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढेपनि धन आर्जन हुने समय छ । खर्चको बाटो बन्द भइ आर्जित धनको बचत पनि होला । नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । कर्मबल वृद्धि र काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ कामका योजनाहरु बन्ने समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । पशुधन र जमिनबाट विशेष लाभ हुने योग छ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । इष्टमित्रको साथ-सहयोग मिल्नेछ । बौद्धिक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मिश्रित फलदायी रहला । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष प्रयत्न गर्नु उचित हुनेछ । आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला । प्रतिकुलताको अनुभूति भएपनि साहस भने वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): जागिरको काममा केही डरको भाव जागृत भएपनि दिन सामान्य नै रहला । स्वास्थ्य सबल रहनेछ भने प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आर्थिक लाभ हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । व्यापार–व्यवसायमा उन्नति होला । यात्रागत कार्य सार्थक रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सुखभाव तथा मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ । कामबाट सजिलै फुर्सद पाइनेछ भने मन प्रसन्न रहला । शुभदायी कर्ममा व्यस्तता बढ्ने सम्भावना छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम वृद्धिका साथै काममा मन जाने समय छ । व्यवसायमा लगानी थप गर्न सकिनेछ । अप्रत्याशित लाभको योग छ । वैदेशिक कामकाजमा पनि फाइदा होला । मिठो भोजन प्राप्ति एवम् सुख वृद्धि हुने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अनावश्यक झमेलामा पर्ने तथा आर्थिक हानीसमेत हुनसक्ने समय रहेकोले विशेष सावधानी अपनाउनुहोला । पीडा दिनेहरु सक्रिय हुनसक्छन् । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य भने रहनेछ । समस्याको अवस्थामा नियमकानूनले साथ दिनेछ भने नियमित कार्य-दायित्व निर्वाह गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । खाद्यान्नसम्बन्धी कारोबारले विशेष लभ दिलाउला । कसैबाट विशेष साथ-समर्थन पाउने दिन छ । आरोग्यता रहनेछ । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफल रहने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक क्षेत्रमा उन्नती हुने तथा नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्ला । लगानी तथा खर्च पनि वृद्धि हुने देखिन्छ । अनावश्यक खर्च कटौतीका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ । दुःखमा आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्ने, मिठो भोजन प्राप्त हुने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्