बैशाख ११ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८२, बिहीबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख ११ गते बिहीबार ई.सं २०२५ अप्रिल २४ नेपाल सम्बत ११४५ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रह्म योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३३ मा भयो भने सूर्यास्त साँझ ०६ बजेर ३३ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । इर्ष्यालुजनले दुःख दिनसक्छन्, सजग रही दैनन्दिन कार्यमा लागिपर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरसापटमा धन खर्च हुने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुखले उत्साह जागृत गर्ने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिएला । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला । चुनौतीका बाबजुद सहयोगीहरूले फाइदा दिलाउनेछन् । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आजको लाभांश सुरक्षित वा सञ्चय नहुने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने दिन छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुनसक्ने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त हुनेछ । खर्च नियन्त्रणको प्रयत्न गर्नुपर्ने दिन छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य कमजोर रहनाले जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यबल वृद्धि होला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक कठिनाइको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्