देशभर बढ्न थाल्यो गर्मी: तातो हावा चल्नसक्ने मौसमविदको चेतावनी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले ताता हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ । आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने मौसमविदको आकलन छ ।

- Advertisement -
Ad imageAd image

मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो । यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।

गत २४ घण्टामा कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बढी गर्मी हुने तराई मधेश लगायतका अन्य भूभागमा वर्षा भएको रेकर्ड छैन । आगामी दिन केही दिन पनि पानी पर्ने सम्भावना नरहेकाले गर्मी झनै बढ्ने पूर्वानुमान मौसमविदको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्