बैशाख १० गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८२, बुधबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख १० गते बुधबार ई.सं २०२५ अप्रिल २३ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज बिहान ०५ बजेर ३४ मा झुल्किएको घाम, साँझ ०६ बजेर ३२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्यबल बढेर मान प्रतिष्ठा फैलिने समय छ । अनुकूलता वृद्धि हुनुका साथै यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । दोधारको अवस्था सिर्जना हुनसक्छ, तथापि पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्ने योग भएकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । कमी–कमजोरीलाई सुधार गर्ने मौका जुर्ने देखिन्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बाधा पर्ने सम्भावना छ । कल्पना र भावनामा केन्द्रित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । प्रतिकुलताका बाबजुद नयाँ कामको प्रस्ताव आउने तथा सहयोगीहरू भेटिने योग छ । धनार्जन होला, खर्च पनि केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने दिन छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिएलान् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने बौद्धिकताबाटै लाभ पनि प्राप्त होला । बोली र व्यवहारको उचित प्रस्तुतिले ठूलै अवसर दिलाउन सक्ने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबलका साथै साहस वृद्धि हुनेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण रहनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने योग छ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । नियमित कार्यमा केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ, व्यवहारमा लचकता अपनाउनु हितकर होला । सन्तानसुख मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि भएपनि जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ने समय छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सहजै सम्पादन हुनेछ । कमी-कमजोरीलाई सुधार्ने मौका मिल्ला । व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजगता अपनाइ कार्य गर्नु उचित हुनेछ । खर्चको मात्रा केही बढ्ने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बोली, व्यवहार तथा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योगछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतले सम्मानित स्थान दिलाउने दिन छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिएला । परिवारमा केही असमझदारी बढ्न सक्छ, संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । तथापि, चोरी वा ठगीमा परिने योग रहेकोले सजगताको दरकार पर्नेछ । आर्थिक कारोबार गर्दा निकै नै सावधानी अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने देखिन्छ । आरोग्यता रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आर्थिक पक्ष सुदृढ रहला । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ भने भएको दायित्व सहजै पूरा गर्न सकिएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी दिन छ । टाढिएका आफन्तहरू नजिकिनेछन् भने पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा पनि प्रगति होला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनका क्षण पशस्तै आइपर्लान् । आजको दिन सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् र कार्यमा सोचेजस्तै सफलता मिल्नेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ तर अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्