बैशाख ०९ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख ०९ गते मंगलबार ई.सं २०२५ अप्रिल २२ नेपाल सम्बत ११४५ चिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, वणिज करण । आज बिहान ०५ बजेर ३५ मा झुल्किएको घाम साँझ ०६ बजेर ३२ मिनेटमा अस्तनाउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आयआर्जनको दृष्टिले राम्रो समय छ । उद्योग-व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाला । मनोरञ्जनात्मक यात्राको योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ, तर पढाइलेखाइमा मन नजान सक्छ । रासरागमा आकर्षण रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही प्रतिकुल रहन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग रहेकोले सावधानीको दरकार छ । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा बाधा पुग्ने देखिन्छ । महत्वपूर्ण कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु हितकर हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार-व्यवसायबाट लाभ प्राप्त हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई आश्वासन दिने काम नगर्नु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । सानातिना काममा समय बित्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । यात्रागत कार्य सार्थक रहनेछ । मिष्ठान्न भोजको अवसर प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभदायी छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन खासै उत्साहवर्द्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा पनि खासै मन नजाने देखिन्छ । आजको श्रमको उचित परिणाम हासिल नहुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ । आत्मविश्वासी भाव जागृत गरी कर्ममा लाग्नु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा मिल्ने र आयआर्जनका स्रोत बढ्ने योग छ । मातृपक्षबाट महत्वपूर्ण काम बनाउन सकिनेछ । असावधानीले धन खर्च हुन सक्छ, योजना बनाएरमात्र आर्थिक कारोबार गर्नु हितकर होला । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहल । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने योग छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आज स्वास्थ्य पनि खासै सबल नरहने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्