बैशाख ०८ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ बैशाख ०८ गते सोमबार ई.सं २०२५ अप्रिल २१ नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण अष्टमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, साध्य योग, तैतल करण । आज बिहान ०५ बजेर ३६ मा झुल्किएको घाम साँझ ०६ बजेर ३१ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि आफ्नै कमजोरीले कार्यमा बाधा उत्पन्न हुनसक्ने समय छ । आफन्तजनले तपाईंप्रति गुनासो वा टीकाटिप्पणी गर्न सक्छन् । हातबाट अवसर गुम्न सक्ने योग भएकोले ध्यान दिएर काम गर्नु उचित होला । दौडधुप बढेपनि कठोर मिहिनेतले काम बन्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन गर्न सकिएला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ने योग छ । मान र विद्या प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनुका साथै सुखदुःखमा साथ दिनेहरू फेलापर्नाले उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कार्यबोझ बढेपनि हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइहरुबाट राम्रै फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने देखिन्छ । खर्च लागे पनि चिताएको काम बन्ने योग छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने तथा आर्थिक अभावले सताउने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहल । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि जाँगरको अभावले अधुरै रहनसक्छ । विपरीतलिंगी एवम् हितैषी मित्रहरूले भने साथ दिनेछन् । गोपनीयतामा विशेष ध्यान दिएर व्यवहार गर्दा केही सहज हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोला । विशेष ओहदामा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुनसक्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगताको दरकार छ । आफ्नै कमजोरीले कार्यबाधा आइपर्नसक्ने सम्भावना रहेपनि विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय आएको छ । भाग्यबल वृद्धि होला । विशेष उपहार हातलाग्नुका साथै मनोरञ्जनका साधन जुट्ने योग छ । विलासी कर्ममा मन रमाउला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । कृषि व्यवसायबाट विशेष लाभ मिल्ने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने बेला छ । विपरीतलिंगीको माध्यमबाट लाभ मिल्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर बन्ने देखिन्छ । कुनै विशेष काम रोकिएको छ भने पुनः प्रयास गर्नु उपयुक्त हुनेछ । परिवारिक भेटघाटले खुशीयाली वा आनन्द दिलाउनेछ । साथीभाइको सहयोग जुट्नेछ । रसरागको भाव जागृत होला । मिष्ठान्न भोजन मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन खासै उत्साहजनक नरहला । धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफ्ना या पराया चन्निे सवालमा अलिक दृष्टिभ्रममा परिएला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन्, सावधान रहनुहोला । आफ्नाबाटै धोका पाइने योग छ । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । नसोचेको कुरामा खर्च हुन सक्छ, सजग रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशिष्ट व्यक्तिहरूबाट मानसम्मान प्राप्त हुने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रजनसँग सम्बन्ध गाँसिएला । आम्दानीको तुलनामा खर्च बढी गर्नुपर्ने देखिन्छ, खर्च नियन्त्रणको लागि विशेष प्रयास गर्नु उचित हुनेछ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ । विशेष योजना कार्यान्वयनको सोचमा हुनुहुन्छ भने आर्थिक सुदृढीकरणपछि मात्र हातहाल्नु उचित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । विगतका कमजोरी सच्याउने अवसर प्राप्त भएपनि परिवारजनमा असमझदारी र मित्रजनसँग असन्तुष्टि बढ्न सक्छ । आर्थिक कारोबारका दृष्टिले राम्रै हिन छ । ब्यापार–व्यवसाय लाभप्रद रहला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने योग छ । आशा देखाउनेले धोका दिन सक्छन्, तथापि दिगो आम्दानी हुने काम सुरु हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले त्यसै–त्यसै सताउने समय छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रचनात्मक क्रियाकलापतर्फ इच्छा भएपनि जाँगर भने चल्ने देखिन्न । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । फजुल खर्च बढ्ने योग छ, खर्च नियन्त्रणको प्रयास गर्नुहोला । समस्यामा साथीभाइको साथ रहनेछ । संयमतापूर्वक दैनन्दिन कार्य व्यवहार गर्ने प्रयत्न गर्नु उचित हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन स्वास्थ्य केही कमजोर रहला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादनतर्फ खासै मन जाने देखिन्न । सोचेका योजना समयमै नबन्नाले असन्तुष्टि तथा मानसिक कष्टकाो अनुभूति होला । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्