राजस्थानमाथि लखनउको रोमाञ्चक जित: आईपीएलमा आज पनि दुई खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन्। ३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो। साथै ७ विकेट सुरक्षित थियो। सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए। उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे। जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का प्रहार गरे।

- Advertisement -
Ad imageAd image

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए। यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन्। उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए। यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ। राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ।

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे। जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो। लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे। अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरे।

आईपीएलमा आज पंजाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच आज प्रतिस्पर्धा हुँदै छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्