बैशाख ०७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८२, आईतवार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख ०७ गते आईतबार ई.सं २०२५ अप्रिल २० नेपाल सम्बत ११४५ चिल्लागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सिद्ध योग, बालव करण । बिहान ०५ बजेर ३७ मा भएको झुल्किएको घाम साँझ ०६ बजेर ३१ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुपका साथै जोखिम बढ्ने दिन छ । कठोर मिहिनेतले काम बन्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुनसक्छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने योग छ । स्वास्थ्य भने सबल रहनेछ । विभिन्न अवसरले पछ्याउन सक्छन्, अवसर छोप्ने प्रयत्न गर्नुहोला । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । धनलाभ हुने देखिन्छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान–सम्मानमा चोट पुग्नबाट बच्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदाको योग छ । शत्रुपक्ष परास्त हुनेछ । साझेदारीको काम बन्नेछ । प्रेमभाव वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ भने यात्रापरक काम सफल हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्नसक्ने दिन छ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ, तर स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कनसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । मंगलमय काम सम्पादन होला । विशेष महत्वको कार्यमा आफन्तको सहयोग जुट्नेछ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । आम्दानी वृद्धि हुनाले उत्साह वृद्धि हुनेछ । हातमा आएको अवसर गुम्न नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । खराब व्यक्तिसँगको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ब्यस्तता बढे पनि परिवारजनको सहयोगले उत्साह बढाउने दिन छ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर होला । आत्मीय जनसँग भेटघाट हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने देखिन्छ । संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । खर्च नियन्त्रणको लागि प्रयास गर्नुपर्ने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिने समय छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । यात्रागत कार्यबाट धनलाभ हुन सक्छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । पराक्रम वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य केही कमजोर रहेको महसूस हुनेछ, सजगता अपनाउनुहेला । सामाजिक नियमको बन्धनमा परिनेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । चिताएको काममा ढिलासुस्ती हुने देखिन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने योग रहेको छ । महत्वपूर्ण योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ख्याल राख्नुहोला । जीवनसाथीलाई केही पीडा हुने योग छ । सामर्थ्य वृद्धि भइ रोकिएको काम कठोर मिहिनेतले बन्नेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च बढ्ने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आयबल बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल वृद्धि भएपनि चुनौती बढ्ने समय छ । महत्वपूर्ण काममा बाधा हुनसक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । साथै स्वास्थ्यसम्बन्धी समस्या बल्झिन सक्छ । खर्चवृद्धिका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्ने योग छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्नसक्ने समय छ, विवेकपूर्ण व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ, चोटपटकको सम्भावना रहेकोले हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । सुख विलासमा मन जानेछ । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्