सान्भि इनर्जीको आईपीओ आजदेखि निष्कासन: कसले भर्न पाउँछन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन भएको छ । कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता सेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

- Advertisement -
Ad imageAd image

जसमध्ये ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि खुलेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको २ लाख ९१ हजार कित्ता सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि आईपीओ आवेदन खुलाउने छ । कम्पनीले बिक्री प्रबन्धक र धितोपत्र निष्कासनको जिम्मा नेपाल एसबीआई मर्चेण्ड बैंकलाई दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्