बैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – सरकारले बैशाख १२ गतेदेखि बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।

सरकारले आन्दोलनरत शिक्षकहरूको माग पुरा गर्न शिक्षा विधेयक पारित गर्नेगरि संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको मन्त्री भट्टराईले जानकारी दिएकी छन् ।

- Advertisement -
Ad image

त्यस्तै सरकारले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको निष्कर्ष सहित हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको मन्त्री भट्टराईले जानकारी दिएकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्