काठमाडौं – शिवम दुबे र एमएस धोनीको अर्धशतकीय साझेदारी सहितको फिनिसिङमा चेन्नई सुपर किङ्सले अन्तत: पाँच हारको शृंखला तोड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
लखनउले दिएको १६७ रनको लक्ष्य पछाएको चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईको जितमा शिभम दुवेले ४३, रचिन रविन्द्रले ३७, शैक रशीदले २७ र महेन्द्र सिंह धोनीले २६ रन अविजित बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । लखनउका लागि कप्तान ऋषव पन्तले सर्बाधिक ६३ रन बनाएका थिए भने मिचेल मार्शले ३० रन बनाएका थिए ।
जारी आईपीएलमा चेन्नईको यो दोस्रो जित हो । ७ खेलमा २ जीत र ५ हारसहित चेन्नई पुछारमै रहेको छ । त्यस्तै लखनउको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जित र ३ हारसहित लखनउ चौथो स्थानमा रहेको छ ।
आईपीएलमा पंजाव किङ्ग्स र कोलाकाता नाइट राइडर्स आमनेसामने हुँदै छन् ।


प्रतिक्रिया दिनुहोस्