हाई स्कोरिङ खेलमा मुम्बईमाथि बैंगलुरुको रोमाञ्चक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती मुम्बईस्थित वान्खडे स्टेडियममा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गरेको हो ।

रोयल च्यालेन्जर्सले दिएको २२२ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

- Advertisement -
Ad image

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ५६ रन बनाए भने हार्दिक पाण्डेयले ४२ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २८, रोहित शर्मा र र्यान रिकेल्टनले १७-१७ रन बनाएका थिए । त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुका बलर क्रुनाल पाण्डेयले ४ विकेट लिए भने यश दयाल र जोश हजेलवूडले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट गुमाउदै २२१ रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ६७ रन बनाए भने कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए । त्यस्तै जितेश शर्माले ४० र देवदत्त पडिकलले ३७ रन बनाएका थिए । त्यसैगरी मुम्बईकाब्ल्र ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेयले २-२ विकेट लिए भने भिग्नेस पुथुरले एक विकेट लिए ।

यो जितपछि रोयल च्यालेन्जर्सको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बई इण्डियन्सले भने यस सिजनमा चौथो हार बेहोरेको छ । ५ खेलमा एक जित र ४ हार बेहोरेको मुम्बईको २ अंक रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्