आज मिति वि.सं २०८१ चैत्र २६ गते मंगलबार ई.सं २०२५ अप्रिल ८ नेपाल सम्बत ११४५ चिल्लाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४६ मा भयो भने सूर्यास्त साँझ ०६ बजेर २४ मिनेटम हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप केही बढेपनि चुनौतीहरू स्वतः हट्ने र कर्मयोगका साथै आम्दानीले पछ्याउने समय छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आजको दिन तपाईंलाई मित्रहरूले साथ दिनेछन् । मान–सम्मान प्रतिष्ठा पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा पनि सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रयत्न गरेको काम आजको दिन छोटै समयमा पूरा हुने देखिन्छ । समय फुर्सदिलो रहला । रसरागको भाव वृद्धि होला । आत्मबल बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग भएकोले आर्थिक व्यवहारमा सजगता अपनाउनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला, तर समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । सामान्य खर्च वृद्धि भएपनि पशुधन र जमिनबाट लाभ उठाउन सकिने देखिन्छ । परिवारमा आमाको माध्यमबाट काम बन्ने योग छ । काममा रोकावट गर्न खोज्नेहरू सक्रिय रहनसक्छन्, होसियार रहनुहोला । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने सम्भावना छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन उत्साहपूर्ण रहला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ भने उद्योग र व्यापारबाट विशेष फाइदा मिल्नेछ । फलदायी यात्राको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्न सकिनेछ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य सबल रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखा पर्नसक्छ, ध्यान राख्नुहोला । व्यावसायिक यात्राको सम्भावनाका साथै राम्रै धन आर्जन हुने समय छ । दाम्पत्य जीवन रमाइलो रहला । शत्रुमाथि विजय प्राप्ति र रसरागमा आकर्षण बढ्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ, तर नजिकका साथीभाइ टाढिन सक्छन् । आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । साझेदारीको काममा भने समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, सजग रहनुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको काम बन्ने लक्षणले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । तथापि, बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढेपनि केही अवसर फुत्कन सक्ने योग हुनाले सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने देखिन्छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन इर्ष्यालुजनले बाधा दिन खोजेपनि शुभचिन्तकहरूले साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ, सावधान रहनुहोला । गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । रचनात्मक कार्यमा अलिक पछि परिने सम्भावना छ । आरोग्यता रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ठगीमा परिने सम्भावना रहेकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउने प्रयत्न गर्नेछन्, सजग रहनुहोला । चोरी वा विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्