आईपीएलमा सनराइजर्स हैदरावादको लगातार चौथो हार: गुजरात ७ विकेटले विजयी, आज मुम्बई र बैंगलुरु भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सनराइजर्स हैदरावादले भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार चौथो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्स गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको हो ।

सनराइजर्स हैदरावादले दिएको १५३ रनको लक्ष्य पछाएको गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले अविजित ६१ रन बनाएका थिए भने वाशिंगटन सुन्दरले ४९ र शेरफान रुदर फोर्डले अविजित ३५ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर मोहमद शामीले २ विकेट लिए भने कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।

- Advertisement -
Ad image

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सनराइजर्सका लागी नितिश कुमार रेड्डीले सर्बाधिक ३१ रन बनाए भने हेईनरिच क्लासेनले २७, अभिषेक शर्माले १८, इशान किशनले १७, कप्तान पाट कमिन्सले अविजित २२ रन बनाएका थिए । त्यसैगरी गुजरातका लागि मोहमद सिराजले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रसिद्ध कृष्ण र साइ किशोरले २-२ विकेट लिएका थिए ।

यो जितपछि गुजरातले ४ खेलमा तेस्रो जित हासिल गर्दै ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्स हैदरावादले ५ खेलमा लगातार चौथो हार बेहोरेको छ । आईपीएलमा आज मुम्बई इण्डियन्स र रोयल च्यालेञ्जर्स बैंगलुरु आमने सामने हुँदै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्