चैत्र २५ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८१, सोमबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ चैत्र २५ गते सोमबार ई.सं २०२५ अप्रिल ७ नेपाल सम्बत ११४५ चिल्लाथ्व दशमी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ०६ बजोर २४ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने दिन छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । अनुकूलता वृद्धि हुनाले चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी हिन छ । सोचेको विशेष काम आज सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल भएको अनुभीत होला । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने योग छ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन काम बिग्रने डरले सताइरहने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने योग छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सजग रहनुहोस् । प्रतिकुलताका बाबजुद नसोचेको ठाउँबाट धनलाभ हुने सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धि हुनेछ । रोकिएको काम बन्ला । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रमाइलो याात्रा हुने देखिन्छ । धनलाभको सम्भावना छ । समस्यामा आमाको माध्यमबाट काम बन्न सक्छ । समग्रमा दिन रमाइलैसँग बित्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन मिल्न सक्छ । विशेष योजनाहरू बन्ने योग छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट आजको दिन विशेष सावधान रहनु हितकर होला कर्मबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बुद्धि-विवेकको सही उपयोग हुन सक्दा विशेष लाभ मिल्ने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुन सक्छ । कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । तथापि, आजको दिन अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले राम्रै साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । प्रतिस्पर्धी परास्त होलान् । तथापि अनावश्यक भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला, ध्यान राख्नुहोला । दौडधुप वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने तथा काममा लगानीको समय छ । पराक्रम र उत्साह बढ्ला । उद्योग–व्यापारमा विशेष फाइदा हुने तथा धन आर्जनको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्न सक्छ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त भएपनि नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सावधान रहनुहोला । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता वृद्धिसँगै लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, स्वास्थ्य केही कमजोर रहने योग छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने योग भएकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ तर होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग भएपनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आरोग्यता रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्