चैत्र २४ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८१, आईतवार
6 Min Read
Aa

आज मिति वि. सं. २०८१ साल चैत २४ गते आईतबार चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। राम जन्मजयन्ती। तदनुसार सन् २०२५ अप्रिल ६ तारिख।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): श्रम गरेअनुसारको सुखद परिणाम प्राप्त नहुने समय छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ, सजग रहनुहोला । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । यसका बाबजुद मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ हुने देखिन्छ । तथापि, तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आश्वासन दिनेहरूले झुक्याउने सम्भावना रहेकोले परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ । आमाको माध्यमबाट काम बनाउन सकिने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने तथा प्रेमको बन्धन कसिने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । आम्दानी बढ्नेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । मेहनतअनुसारको फल प्राप्त हुनेछ भने व्यवसायमा लाभ नै मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ, बेली र व्यवहारमा संयमतको दरकार छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिने दिन छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन होला । आजको दिन स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति हुन सक्छ, ख्याल राख्नुहोला । महत्वपूर्ण काममा ढिलासुस्ती हुनसक्ने योग छ । अध्ययन-अध्यापन कार्यमा ब्यवधानको योग छ । यात्रागत कार्यको तयारीमा हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतीजनका लागि समय उत्साहजनक रहेपनि अलिक बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । केही विवादमा समेत परिने सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सहयोगीहरूले राम्रै साथ दिने देखिन्छ । आफन्तजनको साथ मिल्नेछ । रसरागात्मक क्रियाकलापमा मन जाला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम र उत्साह बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । मुद्दा–मामिलामा विजयी भइएला । धन आर्जनको मौका जुर्ने देखिन्छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । साझेदारीमा समस्या आउने योग छ । तर, तपाईंको विशेष योजनाले मूर्तरूप पाउने समय हो यो । बौद्धिक कार्यमा सफलता मिल्ने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न भौतिक साधनहरू जुट्ननाले प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । केही बाध्यताका काममा अलमलिनुपर्ला । सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । व्यवसायिक कार्यबाट सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला, विचार पुऱ्याइ कार्य गर्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने दिन छ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिएला । विशिष्टजनको विशेष सहयोग जुट्नेछ भने अध्ययन/अध्यापनमा प्रगति हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, ध्यान राख्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ भने अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । मनोकुल कार्य गर्न सकिने देखिन्छ । कामले कीर्तिमानी दिलाउला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबै कार्यमा सहयोगीहरूको भरपर्दा हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्