आईपीएल क्रिकेटमा मुम्बईमाथि लखनउको रोमाञ्चक जित: आज दुई खेल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको हाइ स्कोरिङ रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित निकालेको हो ।

लखनउले दिएको २०४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्र बनायो । सुर्यकुमार यादवले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ४३ बलमा ६७ रन बनाए । हार्दिक पान्ड्या २८ रनमा अविजित रहे भने तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए ।

- Advertisement -
Ad image

अन्तिम १२ बलमा २९ रन आवश्यक रहँदा १९औं ओभरमा शार्दुल ठाकुरले ७ रन मात्र दिए । अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेपनि बाँकी बलमा बाउन्ड्री आउन सकेन । लखनउका शार्दुल ठाकुर, आकाश दीप, दिग्वेश राथी र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्श र एइडेन मार्क्रमले अर्धशतक बनाएका थिए । मार्शले ६० र मार्करमले ५३ रन बनाएका थिए ।

मुम्बईका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्वनी कुमार र विग्नेश पुथुरले १-१ विकेट लिए । यस जितसँगै ४ खेलमा ४ अंक जोडेको लखनउ छैटौं स्थानमा रहेको छ भने समान खेलमा २ अंक मात्र रहेको मुम्बई सातौं स्थानमा छ ।

आज आईपीएल अन्तर्गत दुई खेल हुदै छन् । पहिलो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ भने दोस्रो खेल पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच हुँदै दै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्