चैत्र २३ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८१, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ चैत्र २३ गते शनिबार ई.सं २०२५ अप्रिल ५ नेपाल सम्बत ११४५ चिल्लाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, अतिगण्ड योग, विष्टि करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ०६ बजोर २४ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने सम्भावना छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ भने अरूले फसाउन पनि सक्छन् । हुलमुलमा धनमाल हराउने योग छ, सजग रहनुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु उचित होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मेहनतअनुसार फाइदा कमै हुने समय छ । चिताएको काममा बाधा हुँदा मन खिन्न रहन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । तथापि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नसोचेको ठाउँबाट धनको लाभ हुने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । साथै ब्यापार ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा उपलब्धि हातलागी हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । दाम्पत्यसम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला । शत्रुपक्ष परास्त होलान् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरूका काममा समय बित्न सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सबल स्वास्थ्यका लागि आजको दिन मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । साथै भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानी हुने देखिन्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नै कमजोरीले विवादमा परिने सम्भावना भएपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा पुग्ने दिन छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । प्रतिस्पर्धामा सहभागी हुनुपर्ला । अरुको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काममा हात हाल्ने समय छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । सोखले खर्च बढाउन सक्छ, सजगता अपनाउनु हितकर हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा होला । मौकाको खासै फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा दिने सम्भावना छ, सजग रहनुहोला । बाध्यताले अलमल्याउन सक्छ, तर विपरीतलिंगी तथा शुभचिन्तकहरूले साथ दिनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, उपचारमा खर्च हुन सक्छ, सजगता अपनाइ व्यवहार गर्नुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ, ध्यान रख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । शत्रु र रोगबाट छुटकारा मिल्ने योगछ । मुद्दा-मामिला या प्रतिष्पर्धामा पनि विजयी भइएला । ब्यस्तता बढ्ने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आयआर्जनका स्रोत या आम्दानी बढ्ने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई मातृयादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आरोग्यता रहनेछ । वादविवाद तथा झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, याद राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्