आईपीएलमा हैदराबादमाथि कोलकाताको शानदार जित: आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्स भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित हासिल गरेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ८० रनले हराउँदै कोलकाताले दोस्रो जित निकालेको हो ।

कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयो । हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन बनाए । नितिश कुमार रेड्डीले १९ रन बनाए ।

- Advertisement -
Ad imageAd image

कोलकाताका लागि वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । आन्द्रे रसलले २ विकेट लिँदा सुनिल नरायन र हर्शित रानाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । वेकंटेश अय्यरले सर्वाधिक ६० रन बनाए भने अंगकृश रघुवंशीले ५० रन बनाए ।

हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले १-१ विकेट लिए । यस जितसँगै ४ खेलमा ४ अंक जोडेको कोलकाता अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक मात्र रहेको हैदराबाद १०औं स्थानमा झरेको छ ।

त्यस्तै आज आईपीएलमा लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्