चैत्र २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ चैत्र २२ गते शुक्रबार ई.सं २०२५ अप्रिल ४ नेपाल सम्बत ११४५ चिल्लाथ्व सप्तमी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल पक्ष, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, शोभन योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ०६ बजोर २३ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तथापि, बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । पढाइलेखाइमा केही बाधा पुग्ने योग छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभतासँगै प्रगतिको दर बढ्नेछ । तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार हातपर्ने सम्भावना छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ । सहयोगीहरूले भने काममा उत्साह जगाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता वृद्धि हुने दिन छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । जोखिम बढेपनि प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ, घरेलु समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला । बौद्धिक तथा रचनात्मक काम सफल रहने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभ हुने काम प्रारम्भ गर्ने र कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, सजग रहनुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । प्रेमभाव वृकिा साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा राम्रै आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव पनि बढ्ला । प्रेमभाव वृद्धि र आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम का साथै ब्यस्तता बढ्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । अरूका काममा समय दिनुपर्ने सम्भावना छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सजगता अपनाइ व्यवहार गर्नुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । शत्रुपक्ष कमजोर रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ । परिवारिक सुखले उत्सााह जगाउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जाने देखिन्छ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भएपनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । अस्वस्थताको अनुभूति होला । अस्वस्थताका बाबजुद दायित्व भने बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी तुल्याउने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्