कोपा डेल रे फाइनलमा एल क्लासिको भिडन्त निश्चित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा एल क्लासिको भिडन्त निश्चित भएको छ। बुधबार राति भएको खेलमा लालिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथलेटिको म्याड्रिडलाई १-० ले पराजित गर्दै समग्रमा ५-४ को जित सहित फाइनलमा स्थान बनाएको हो।

बार्सिलोनाले समग्र स्कोरमा एट्लेटिको म्याड्रिडलाई झिनो अन्तरले पछि पार्दै कोपा डेल रे फाइनलमा स्थान बनाएसँगै अब रियलसँग २६ अप्रिलमा सेभियामा उपाधिका लागि प्रतिसपर्धा गर्ने छ। रियलले भने मंगलबार राति अतिरिक्त समयमा रियल सोसिडाडलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।

- Advertisement -
Ad image

यो स्पेनिस कप फाइनलमा रियल र बार्सिलोनाबिच आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। बार्सिलोनाले जित निकाल्न फेरान टोरेसले पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक भएको थियो।

खेलमा लामिन यामालले उत्कृष्ट प्रदर्शन गर्दै २७ औं मिनेटमा निकालिदिएको सानदार पासलाई टोरेसलाई गोलमा परिणत गरेका थिए। निरन्तर दबाब बनाएको बार्सिलोनालले त्यसपछि थप गोल गर्न सकेन्। दोस्रो हाफमा गोलका अवसर बनाएको एट्लेटिकोले गरेको एउटा गोल अफसाइड भएको थियो।

यसअघि भएको पहिलो लेगमा दुवै टिमले हाइस्कोरिङ बराबरी खेलेका थिए। यि दुइ बिच ४-४ गोलको बराबरी भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्