आज मिति वि. सं. २०८१ साल चैत १९ गते मंगलबार चैत शुक्ल पक्षको तृतिया तिथि। विश्व मूर्ख दिवस। तदनुसार सन् २०२५ अप्रिल १ तारिख।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने समय छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहो ऱ्याएर प्रयत्न गर्नु हितकर होला । मित्रजनसँगको भेटघाटले दिनको पूर्वार्ध विशेष रमाइलो होला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्ने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न हतार नगर्नु उचित होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । रसरागको भाव वृद्धि हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । तथापि, सामान्य आम्दानी भइरहे पनि आजको दिन अर्थअभावले सताउन सक्छ । छरछिमेकमा पनि असमझदारी बढ्न सक्ने योग छ । कुनै पनि कुरामा बलजफ्ती नगर्नुहोला, अन्यथा बन्न लागेको काम पनि बिग्रन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिन्हरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सजग रहनुहोला । आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । आकर्षक पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पहिले रोकिएको प्रतिफल प्राप्त हुने योग छ । आरोग्यबल बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले धेरै काम बनाउन सकिने समय छ । बोली व्यक्तित्वको प्रभाव वृद्धि भइ प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । यात्रागत कार्य सफल रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, सजग रहनुहोला । कुनैपनि योजनामा गोपनियताको ख्याल राख्नुहोला । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनु हितकर हुनेछ । आज आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, ख्याल राख्नुहोला । आर्थिक समस्या पनि पर्नसक्ने योग छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): गुमेको प्रतिष्ठा पनि बुद्धि-विवेकको सही प्रयोगले पुनः दिलाउन सक्ने समय छ । तपाईंका विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । आजको दिन नियमित काममा भने केही समस्या पर्न सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहला । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजगता अपनाइ व्यवहार गर्नुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन शुभदायी छ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइने समय छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् । नाम, दाम र इनाम हातपार्ने योग छ । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै लाभ हुनेछ । आजको दिन स्वास्थ्यप्रतिसावधानी अपनाउनु उचित हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आलोचकहरू बढेपनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने समय छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । तारिफयोग्य काम सम्पादन हुनाले राम्रो अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्