पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

जम्मा १६ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएकोमा १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा बाँडफाँड गरिसकेको छ।

- Advertisement -
Ad image

पहिलो चरणको आइपीओ बाँडफाँडपछि रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी सकेकाे छ ।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: