चैत्र १८ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८१ साल चैत १८ गते सोमबार चैत शुक्ल पक्षको द्वितीया तिथि। मत्स्यनारायण मेला। विश्व अटिजम जागरुकता दिवस। तदनुसार सन् २०२५ मार्च ३१ तारिख।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आयआर्जनका स्रोत बढ्नेछ भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । शुभचिन्तकहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । मातृृशक्तिको सल्लाह–सहयोगले फाइदा हुनेछ । सन्तान पक्षबाट सुख मिल्ने योग छ । अनुकूलता वृद्धि हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । राम्रैसँग धन आर्जन हुने देखिन्छ । कमी-कमजोरीलाईसुधार गर्ने मौका मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउने योग छ । परिवारजनको साथले उत्साह जगाउला । महत्वपूर्ण काममा सहयोगीहरूको भर नपर्नु हितकर होला । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सचेत रहनुहोला । प्रतिकुलताका बाबजुद आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । धर्मकर्ममा आकर्षण बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनतको फल प्राप्त हुने र परिवारजनका आवश्यकता पूरा हुने समय छ, तर अरूको भरपर्दा धोका मिल्न सक्छ । जोखिम बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयआर्जन राम्रै हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मनग्य धन तथा भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने योग छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । प्रेमभाव वृद्धि हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनुहोला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, होसियार रहनुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिनसक्ने योग छ । समयमा हिम्मत गर्न नसक्दा पछि परिएला । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । पराक्रम वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला । फजुल खर्च बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । स्वास्थ्यमा केही कमजोरी अनुभूति हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । तर, कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्