चैत्र १२ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ चैत्र २०८१, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ चैत्र १२ गते मंगलबार ई.सं २०२५ मार्च २५ नेपाल सम्बत ११४५ चिल्लागा एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर २ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बोली-व्यवहारबाट सजिलै अरुको मन जित्न सकिनेछ । कृषि तथा पशुधनबाट पनि लाभ लिन सकिएला । तथापि, नियमित काममा रुची घट्नेछ भने मनमा कतिपय गलत विचारहरुले डेरा जमाउनसक्ने देखिन्छ । मित्रजनको सहयोग रहनेछ । स्वास्थ्य सबल रहला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बोली र व्यवहारको कदर हुने समय छ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने देखिन्छ । आजको दिन कुनै विशेष खुशीको समाचार सुन्न पाइने योग छ । सकारात्मक परिणामदायी कार्यको लागि आवश्यक वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्न सक्छ । खर्चमा केही वृद्धि हुने दिन छ । दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेमभाव र साहस वृद्धि हुनेछ । पुराना इष्टमित्र र प्रेमी-प्रेमिकासँग मिलन हुने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि र बिग्रिएका कामहरु बन्नेछन् । व्यवसायिक क्षेत्र लाभप्रद हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्ति एवम् शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय केही प्रतिकुल रहने देखिन्छ । आजको दिन बोलीको विपरीत अर्थ लाग्नसक्ने योग छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नुपर्ने सम्भावना छ । यदि कर्मचारी वर्गमा पर्नुहुन्छ भने अपजश व्यहोर्नुपर्ला । सन्तान पक्षबाट भने सुख मिल्नेछ । आज कतै यात्राको तयारीमा हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । यात्रा नगरेकै बेस होला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सचेत रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन पारिवारिक समस्याले मन खिन्न रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटक लाग्ने योग पनि रहेकोले विशेष सावधानीको दरकार छ । मातापिताको स्वास्थ्यमा सामान्य कमजोरी रहने देखिन्छ । सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । ब्यस्तता बढ्ने र खर्च वृद्धि हुने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नसोचेका कामहरु बन्नसक्ने दिन छ । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट विशेष सहयोग मिल्ला । धन आर्जनको मौका जुर्ने देखिन्छ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ, कर्मप्राप्तिको योगका कारण राम्रै सफलता मिल्ने देखिन्छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय मनोरञ्जनपूर्ण रहनेछ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायबाट राम्रै फाइदा उठ्ने योग छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । सोचेका काममा बाधा–अडचन आउन सक्छ, संयमताको खाँचो पर्ला । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना रहेकोले यसप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनाले दैनिक कामकाजमा असर पर्ने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल वृद्धिका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी पनि सन्तोषजनक तवरले बढ्ला । पारिवारिक सुख प्राप्तिका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम वृद्धि हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको सहयोग एवम् दिशानिर्देशले प्रभावित तुल्याउन सक्ने समय छ । समाजमा तपाईंको प्रतिभाको कदर होला । धनार्जनको योग छ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । आकस्मिक यात्राको सम्भावना छ । कर्मबल र सामर्थ्य बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय अहिल प्रतिकुल देखिन्छ । शरीरमा आलस्य र थकानको अनुभव होला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न रहला । मानसिक तनावको अवस्था सिर्जना हुने देखिन्छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुनसक्ने योग छ । धर्मकर्ममा आकर्षण रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्