आईपीएलमा हैदराबादको विजयी सुरुवात गर्दा राजस्थान ४४ रनले पराजित: चेन्नई र मुम्बईको प्रतिस्पर्धा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ।

हाइस्कोरिङ हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। दिनको अर्को खेलमा चेन्नइले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ।

- Advertisement -
Ad imageAd image

राजस्थान र हैदराबादबीचको खेलमा कुल ५ सय २८ रन बनेको थियो। टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ यस ४२ रन बनाएको थियो।

उसका लागि सन्जु स्यामसनले ६६ रन बनाउँदा ध्रुव जुरेलले ३५ बलमा ७० रन बनाए। त्यस्तै, सिम्रन हेटमेयरले ४२ रन बनाउँदा शुभम दुवे ३४ रनमा नटआउट रहे।

त्यसअघि हैदराबादले आईपीएल इतिहासको दोस्रो सर्वाधिक उच्च स्कोर अर्थात २ सय ८६ रन बनाएको थियो। आईपीएलमा गत वर्ष हैदराबादले नै २ सय ८७ रनको स्कोर बनाउँदै इतिहासमा सर्वाधिक उच्च रनको कीर्तिमान बनाएको थियो।

त्यस्तै, गत वर्ष नै उसले २ सय ७७ रनको दोस्रो उच्च स्कोरको कीर्तिमान पनि आफ्नै नाममा पारेको थियो। आज २ सय ८६ रन बनाउँदै उसले आफ्नो २ सय ७७ रनको दोस्रो उच्च कीर्तिमानलाई पछि पार्न सफल भयो।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनायो। उसका लागि इशान किशनले सर्वाधिक १ सय ६ रनको शानदार शतकीय इनिङ्स खेले।

उनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै, ट्राभिस हेडले ३१ बलमा ६७ रनको विष्फोटक इनिङ खेल्दा नितिश कुमार रेड्डीले ३० रन तथा हेनरिच क्लासेनले ३४ रन बनाएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्